Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • कोभिड-१९ खोप अभियानको दोस्रो दिन, बिहानैदेखि सयौँको संख्यामा लाइन (फोटोसहित)


    बुधबार, असार ३० २०७८
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियान पुनः मंगलबारदेखि सञ्चालनमा आएको छ । खोप अभियान अन्तर्गत आज (बुधबार) दोस्रो दिन पनि सो अभियान जारी नै रहेको छ। 

    आज दोस्रो दिन बिहानैदेखि खोप केन्द्रहरुमा खोप लगाउनेहरु लाइनमा बसेर पालो कुरिरहेका छन् । यसैबीच चाबहिलस्थित ओम हस्पिटलमा खोप लगाउनेहरुको लामो लाइन खडा भइसकेको हस्पिटलकी एक नर्सले जानकारी दिईन । बिहान १० बजेदेखि सुरु हुने भनिएपनि नागरिकहरु बिहानैदेखि खोपको लाइनमा बस्ने गरेका छन्। 

    214590294_178718664295045_7521775085625518531_n.jpg

    216927418_346760953704344_3961540482579289228_n.jpg

    चीन र अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको खोप प्राथमिकताका आधारमा सार्वजनिक यातायातका चालक/सहचालक, विश्वविद्यालयका प्राध्यापक, शिक्षक र विदेशी शरणार्थीसहित ५० देखि ६० वर्ष उमेर समूहका नागरिकलाई लगाउन शुरू गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ५५ देखि ६० वर्षसम्मको उमेर समूहलाई चिनियाँ ‘भेरोसेल’ खोप लगाइने भएको हो । यस्तै, खोप लगाउन छुटेका ६० देखि ६४ वर्ष उमेर समूह र विश्वविद्यालयका प्रध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक/सहचालकलाई पनि यो खोप लगाउन लागिएको हो ।

    हालसम्म २६ लाख ११ हजारलाई खोपको पहिलो र १० लाख ४१ हजारलाई दोस्रो मात्रा लगाइएको छ । खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान आग्रह गरेको आग्रह समेत गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार