Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पाकिस्तानविरुद्दको ३ वटै खेलमा इंग्ल्यान्ड हाबी


    बुधबार, असार ३० २०७८
    585
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज  घरेलु टिम इंग्ल्यान्डले जितेको छ ।

    मंगलबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्यान्डले  ३-०ले  सिरिज जितेको हो ।

    पाकिस्तानले दिएको ३ सय ३२ रनको फराकिलो लक्ष्य इंग्ल्यान्डले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा जेम्स भिन्सले शतकीय इनिङ्स खेले । 

    यस्तै, लेविस ग्रेग्रोरीले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दा जाक क्रलीले ३९ रन बनाए । फिल साल्टले ३७ र कप्तान बेन स्टोक्सले ३२ रन जोडे ।

    पाकिस्तानका हरिस राउफले ४ विकेट लिए । शादब खानले २ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३१ रन बनाएको थियो ।

    पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५८ रनको शतकीय इनिङ्स खेले । मोहमद रिजवानले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा इमाम उल हकले ५६ रनको योगदान दिए ।

    इंग्ल्यान्डका ब्रेडन कार्सेले ५ तथा सकिब मोहमुदले ३ विकेट लिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार