Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सीआईबीको मुद्दा मिलाइदिने भन्दै घुस लिने प्रहरी हवल्दार अख्तियारको फन्दामा


    बुधबार, असार ३० २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा रहेको मुद्दा मिलाइदिने भन्दै व्यवसायीसँग घुस लिएको अभियोग लागेका प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिली प्रहरी हवल्दार घिमिरेले मुद्दा मिलाइदिने भन्दै रु तीन लाख ९९ हजार ५०० घुस लिएको पाइएको आयोगले जनाएको छ ।

    आयोगले प्रहरी हवल्दार घिमिरे र व्यवसायी स्वर्णकारविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार