काठमाडौँ । आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले आजदेखि सम्पूर्ण पेट्रोल पम्प र ट्याँकरहरु ठप्प पार्ने बताएका छन् ।
पेट्रोलियम पदार्थमा भएको अचाक्ली मूल्यबृद्धिको बिरोध गर्दै पाँच राजनीतिक दलनिकट विद्यार्थी संगठनले नेपाल आयल निगमका १२ वटा बिक्री केन्द्रहरु आजबाट बन्द गर्ने बिरोध कार्यक्रम यसअघि नै तय गरेका हुन् ।
संगठनको बिरोध कार्यक्रममा सक्रिय तवरले सहभागी हुन सम्बन्धित भूगोल/जिल्लाका विद्यार्थी नेताहरुलाई अनेरास्ववियुले अनुरोध समेत गरेको छ ।
आजदेखि बन्द गराउन खोजिएका बिक्री केन्द्रहरुमा धनगढी, दिपायल, नेपालगन्ज, सुर्खेत, दाङको तुलसीपुर, पोखरा, बुटवल, अमलेखगञ्ज, जनकपुर, बिराटनगर, झापा र वीरगन्ज रहेका छन् ।