काठमाडौ । प्रहरी प्रधान कार्यालयले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) को जिम्मेवारी कोमलविक्रम शाहलाई दिएको छ ।
डीएसपी शाह यसअघि २०७४ मा प्रधानमन्त्री भएका बेला पनि देउवाको पिएसओ थिए । शाह हाल भृकुटी मण्डपस्थित महानगरीय विशेष सहायता कार्यदलमा कार्यरत छन् ।
सर्वोच्च अदालतको परमादेशका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई मंगलबार पाचौंपटक प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।