Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ११ हजार १२ मा परीक्षण गर्दा २ हजार ३९८ मा संक्रमण पुष्टि, १२ जनाको मृत्यु


    मंगलबार, असार २९ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । मंगलबार देशभर २ हजार ३९८ जना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १२ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। 

    जसमध्ये ७ हजार ५८ को पिसिआर परीक्षण गर्दा १ हजार ६३९ जनामा पोजेटिभ देखिएको हो भने ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षणका क्रममा ७५९ जनामा पोजेटिभ देखिएको हो। 

    संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। यीसहित मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ। 
    २ हजार ७८ जना कोरोनाबाट मुक्त भएका छन्। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार