Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    मंगलबार, असार २९ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ  । सोमबार तोलामा २ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले नै बढेको हो । 

    सोमबार प्रतितोला ९२ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलामा ९२ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १ हजार ३ सय २० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार