Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २,३७० जना कोरोना संक्रमित थपिंदा १,१३३ जना संक्रमणमुक्त, १८ जनाको मृत्यु


    सोमबार, असार २८ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ८४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार मुलुकभरमा ७६८९ जनाको पिसिआर परीक्षणबाट १६९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८९५ जनाको एन्टिजेन परीक्षणबाट ६८० जनामा पुष्टि भएको छ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११३३ जना संक्रमणमुक्त भएका छन्। 

    यस्तै १८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९४०० पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार