Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनसुनी वायुको प्रभाव :अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने


    सोमबार, असार २८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मनाङ। मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाँउमा भारी वर्षाकोसमेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटी जानकारीदिनुभयो ।

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना औँल्याएको छ । त्यसैले मौसम पूर्वानुमान महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । आगामी बुधबार देशभर सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

    नेपालमा मनसुन शुरु हुने औसत मिति जुन १३ मानिएपनि यस वर्ष त्यसभन्दा तीन दिनअघि नै शुरु भएको थियो ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार