Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • संसद विघटनविरुद्धकाे रिटमा फैसला सुनाउने दिन सर्वोच्चकाे मुख्य गेटमा सुरक्षा तैनाथी बढाइयो


    सोमबार, असार २८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले आज  फैसला सुनाउने दिन अदालतकाे मुख्य गेट बाहिर र भित्र सुरक्षाकर्मीहरुको संख्या बढाइएकाे छ। 

    सर्वोच्च अदालत वरपर र मुख्य चोक-चोकमा हतियारसहितका प्रहरीको टोली खटाइएको छ भने काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

    नेपाल प्रहरीका एक जना अधिकृतले सर्वोच्च अदालतबाट रिटको पक्ष वा विपक्षमा जस्तो फैसला आए पनि सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा तैनाथी बढाइएको बताए ।

    सर्वोच्च अदालतको मुख्य गेटमा तैनाथ सुरक्षाकर्मीहरुले आगन्तुकलाई केरकार गरेर मात्रै भित्र प्रवेश दिने गरेका छन् ।

    यसअघि संसद विघटन बदरको फैसला सुनाउने दिन पनि सुरक्षा तैनाथी बढाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार