Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अनलाइन परीक्षाको उत्तरपुस्तिका निर्धारित समयभित्रै नबुझाए पुनःपरीक्षा दिनुपर्ने


    सोमबार, असार २८ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अनलाइन परीक्षाको उत्तरपुस्तिका तोकिएको समय अवधिभित्रै बुझाउन प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले सूचित गरेको छ ।

    तोकिएको समय अवधिभन्दा बाहेकको उत्तरपुस्तिकालाई मान्यता नदिने परीक्षा व्यवस्थापन कार्यालयले जानकारी गराएको छ ।

    अनलाइन परीक्षाको नाममा प्रश्नपत्र घरमा लगेर समाधान सारेर बुझाउने गरेको पाइएपछि तोकिएको समय अवधिभित्र प्रश्नपत्र उपलब्ध गराई तोकिएकै समय-तीन घण्टा)भित्र बुझाएको उत्तरपुस्तिकालाई मात्र मान्यता दिने सूचनामा उल्लेख गरिएको छ । अन्यथा भएमा पुनःपरीक्षा लिनुपर्नेछ । 

    Exam-board-11.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार