काठमाडौं । अमेरिकाले उपहारस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ ।
सोमबार कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले पठाएको जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको हाे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको भन्दै मन्त्री श्रेष्ठले छिट्टै खोप अभियान चलाउने जानकारी दिए ।