एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
इटालीलाई युरोकप दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका हुन् ।
जियानलुइजी युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर बनेका छन् ।
आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको हो ।
फाइनलमा उनले दुई पेनाल्टी प्रहार रोकेका थिए । स्पेनविरुद्धको सेमिफाइनलमा पनि उनी नायक बनेका थिए ।