Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अछाममा १ लाख बढी रकमसहित १२ जुवाडे पक्राउ, पक्राउ पर्नेमा अखिलका केन्द्रीय सदस्य पनि


    आइतबार, असार २७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । मंगलसेन नगरपालिकास्थित मंगलसेन बजारबाट १ लाख बढी रकमसहित १२ जना जुवाडे पक्राउ परेका छन् । शनिबार राति मंगलसेन बजारबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

    पक्राउ पर्नेहरूमा एमाले अखिलका केन्द्रीय सदस्य रहेका सिद्धप्रसाद ढुंगाना पनि रहेका छन् । जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुको साथबाट १ लाख ४ हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक तुलसीराम अर्यालले बताए ।

    जुवाखालबाट पक्राउ पर्नेहरुमा शंकर भाट, धर्मराज भण्डारी, दिलीप बोगटी, खकेन्द्र केसी, पुष्प बिष्ट, सुनिल बिष्ट, भोजराज ढुंगाना, डम्बर बिष्ट, भक्तराज ढुंगाना, नवराज भण्डारी छन् ।

    जुवाखालबाट पक्राउ परेकाहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार