Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निजामती कर्मचारी संगठनद्वारा हेलम्बुका बाढीपीडितलाई १०  लाख बराबरको राहत बितरण


    आइतबार, असार २७ २०७८
    2.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिन्धुपाल्चोक । नेपाल निजामती कर्मचारी संगठनले सिन्धुपाल्चोकका बाढीपीडितलाई ८  लाख रुपैयाँ बराबरको राहत बितरण गरेको छ । हेलम्बु गाउँपालिकाको किउलका बाढी पहिरो पीडितलाई संगठनको टोलीले शनिबार जस्तापाता र स्वास्थ्य सामग्री(हेल्थकिट)  बितरण गरेको छ ।

    पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, आधिकारिक ट्रेड युनियन अध्यक्ष भोला पोखरेल, निजामती कर्मचारी संगठनका निवर्तमान अध्यक्ष मोहनकुमार घिमिरेसहितका पदाधिकारीले बाढीपीडितलाई राहत बितरण गरेका थिए । राहत बितरण गर्न जानुअघि निजामती कर्मचारी संगठनको टोलीलाई शनिबार बिहान एमालेका बरिष्ठ नेता माधव नेपाले बिदाइ गरेका थिए ।

    rahat 1.jpg

     हेलुम्बु २ का वडाध्यक्ष छिरिङ ग्याल्बु लामा र एमालेका नेता अर्जुन भण्डारी पनि राहत बितरण कार्यक्रममा सहभागी थिए । अबिरल बर्षापछि असार १ मा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा ठूलो धनजनको क्षति पुर्याएको थियो । हेलम्बुको वडा नम्बर १ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोका कारण बाढी आएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार