Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनालाई


    आइतबार, असार २७ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।

    आइतबार बिहान भएको फाइनल खेलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

    माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे ।

    खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरे । कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् ।  

    यस अघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको थियो भने ब्राजिलले  पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार