काठमाडौं । स्वाथ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गर्नुभएको छ । सो क्रममा उहाँले अब आउन सक्ने तेस्रो वेवको गम्भीरतापुर्वक पूर्वतयारीमा रहन निर्देशन दिनुभएको छ ।
सो अवसरमा मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा.जागेश्वर गौतमसहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो ।
अस्पतालले हाल अस्पतालले सय वेडको आइसीयु सञ्चालन गरिरहेको छ । बाँकी सय वेड आइसीयुसहितको वेड तयारी अवस्थामा रहेको अस्पतालको निर्देशक डा. गौतमले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्माले भोली आइतबार अस्पताल भवन उदघाटन गर्नु अघिल्लो दिन आज शनिबार निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले अब आउनसक्ने कोभिड महामारीको तेस्रो चरणको विश्लेषण गरी तत्काल सबै उपाय अवलम्बन गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो–अब आउने सक्ने संक्रमणलाई मध्यनजर गरी सबै तयारी पूरा गर्नुस् । कोभिड अस्पतालको रुपमा रहेको यो अस्पताललाई पूर्णरुपमा सञ्चालन गर्नुस् । सरकारले देखिनेगरी सबै पुर्वाधार तयारी गरिसकेको छ । अब बिरामीलाई कुनै समस्या नपर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।
स्वास्थ्य सचिव अर्यालले मन्त्रालयले युनिफाइड अस्पताललाई सबै सहयोग गर्ने जानकारी गराउनुभयो । उहाँले तेस्रो बेवलाई मध्यनगर गरी सबै तयारी थालेको बताउनुभयो । कार्यकारी निर्देशक डा.गौतमले सरकारले हालै कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको अवस्थामा काम गर्न सजिलो हुने बताउनुभयो ।
मन्त्री श्रेष्ठले अब सबै बिरामीको निशुल्क उपचार गर्नेगरी पूर्ण क्षमतामा अस्पताल गर्न निर्देशन दिनुभयो । यो अस्पताल सबै नेपालीको हो, यसको बिस्तार र विकासको लागि सरकारले सबै सहयोग गर्नेछ । मन्त्री श्रेष्ठले हस्पतालको आइसीयु वार्ड, अक्सिजन प्लान्ट लगायत सबै संरचना अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले २०७४ सालमा उदघाटन गर्नुभएको सो भवन प्रम ओलीलेनै उद्घाटन गर्न लाग्नुभएको हो ।
फरक प्रसंगमा मन्त्री श्रेष्ठले अबको केही महिनापछि लक्षित वर्गका सबै नेपालीलाई खोप उपलब्ध गराउने जानकारी दिनुभयो । उच्च प्राथमिकतामा रहेका विदेश जाने तयारी गरिरहेका श्रमिक, शिक्षक, सबै मन्त्रालयका कर्मचारी, यातायात मदजुर, फ्रन्टलाईनमा खटिने लगायतलाई उच्च प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने बताउनुभयो ।