Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफगान सेनाले गरेको कारबाहीमा ५६ तालिबानी मारिए


    शनिबार, असार २६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिबरगन । अफगानिस्तानको उत्तरी सिबरगन क्षेत्रमा शुक्रबार यहाँको सेनाले गरेको कारबाहीमा परेर कम्तीमा पनि ५६ जना तालिबानी लडाकूहरु मारिएका छन् ।

    अफगानिस्तानको सरकारी सैन्य फौजले यहाँका तालिबानहरुका विरुद्धमा गरेको कारबाहीमा परी ५६ जना तालिबानी मारिएका र अरु १० जना घाइते भएका बताइएको छ । अफगानिस्तानको उत्तरी प्रान्त सिबरगनमा सो कारबाही गरिएको थियो । त्यस कारबाहीका क्रममा अरु २३ जना तालिबानी लडाकूहरुलाई यहाँको सेनाले पक्राउ गरेको थियो । त्यस कारबाहीका क्रममा परेर अरु कैयौँ व्यक्ति हराएका पनि समाचारमा जनाइएको छ ।

    उक्त भिडन्तमा परी अफगानिस्तानको सेनाका केही सदस्य पनि हताहत भएको हुन सक्ने आशंका गरिएको छ । तर यस विषयमा यहाँको सेनाले भने कुनै जानकारी दिएको छैन । सो क्षेत्रमा शुक्रबार रातिदेखि नै भिडन्त भएको थियो । त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन् । सो क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा यहाँको संयुक्त सुरक्षा फौजले हमला गरेको थियो । त्यस हमलामा परेर ती तालिबानहरु मारिएका हुन् ।

    अफगान सेनाले कारबाही शुरु गरेपछि तालिबानहरुले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए । सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिंसात्मक कारबाहीलाई जारी राखेका छन् । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार