काठमाडौं । चीनबाट कोरोनाभाइरस विरुद्धको आठ लाख डोज खोप शुक्रबार बिहान काठमाडौं आइपुगेकाे छ ।
चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको उक्त परिमाणको भेरोसेल खोप नेपाल आइपुगेसँगै क–कसलाई लगाउने भन्नेमा आमचासो बढेको छ ।
चीनसँग खरिद गरेको ४० लाख डोजमध्येको शुक्रबार बिहान ८ लाख डोज आइपुगेको हो । शुक्रबार बिहान साढे ६ बजे नेपाल वायूसेवा निगमको विमानले ८ लाख डोज बोकेर त्रिभुवन विमानस्थलमा अवतरण भएको हो ।
चीनबाट ल्याइएको उक्त भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई पहिलो प्राथमिकता दिएर लगाउने तयारी गरिएको छ । तत् पश्चात ५५ देखि ६० वर्ष उमेर समूहका व्यक्तिलाई लगाउने सरकारको तयारी छ ।
चरणवद्ध रुपमा चीनबाट खोप ल्याइने नेपाल सरकारले जनाएको छ । आजदेखि साउन ८ गतेसम्म तीन उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।