Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्यासी बनेकी नायिका जेनी कुँवरद्वारा अपार्टमेन्टमै आत्महत्या


    बिहिबार, असार २४ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली चलचित्रकी नायिका जेनी कुँवरले आफू बस्ने अपार्टमेन्टमा आत्महत्या गरेकी छिन् । कुँवरले थापागाउँस्थित  सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती  आत्महत्या गरेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।  एसएसपी  सिंहका अनुसार उनको शव उक्त अपार्टमेन्टमा फेला परेको हो । उनले किन आत्महत्या गरिन् भन्ने विस्तृत जानकारी भने प्रहरीले दिएको छैन ।

    प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको एसएसपी सिंहले जानकारी दिएका छन् ।

    ‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुवँर पछिल्लो  अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँदै आएकी थिइन् । उनले ४ वटा घर गरिबलाई दिएर आफू साधु बनेको बताएकी थिइन् । 

    नायिका कुवँरले मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार