Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • मन्त्रिपरिषद बैठकः कृष्णहरि पुष्कर सचिवमा बढुवा


    बिहिबार, असार २४ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले रिक्त सचिव पदमा सहसचिव कृष्णहरि पुष्कर कर्णलाई बढुवा गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार पुस्करलाई सचिवमा बढुवा गरेको हो । प्रशासन सेवाका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस कर्णलाई सरकारले बढुवा गरेको छ ।

    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबारै बसेको बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय कृष्णहरि पुष्कर, खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको नाम सिफारिस गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार