Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि, विकास बैंकको शेयरमा आकर्षण


    बिहिबार, असार २४ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैं । धितोपत्र बजारमा आज विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । लगातार चार कारोवार दिन ओरालो लागेको नेप्से आज दोहोरो अङ्कले उकालो लाग्दा विकास बैंक उपसमूहको शेयरमा भने उल्लेख्य वृद्धि देखिएको हो । यस्तै, लघुवित्त, वित्त र जलविद्युत् उपसमूहको शेयरमा समेत राम्रै वृद्धि भएको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार विकास बैंक उपसमूहमा ८९.५७ बिन्दुको सुधार भएको छ । नेप्से २३.९७ बिन्दुले उकालो लागेर दुई हजार ८२५.१० मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४१ बिन्दुले बढेर ५२९.६६ मा पुगेको छ । कूल २२३ कम्पनीको एक करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर रु चार अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ मूल्यमा खरिद बिक्री भए । बिहिबारको कारोवारपछि कूल बजार पूँजीकरण रु ३९ खर्ब २९ अर्ब ८६ करोड १४ लाख ४० हजार बराबर पुगेको छ ।

    कारोवार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लागे । यस्तै, ११ उपसमूहको शेयर भने उकालो लागेका छन् । व्यापार २०.६ र अन्य उपसमूहको शेयर १२.०१ बिन्दुले ओरालो लागेको हो । त्यसैगरी, बैंकिङ १७.८१, होटल तथा पर्यटन १४.६५, विकास बैंक ८९.५७, जलविद्युत् ५२.०६, वित्त ६४.९५, निर्जीवन बीमा ४.२३, उत्पादन २३.८९, लघुवित्त ६८.२९, जीवन बीमा ४२.०२, सामूहिक लगानी कोष ०.०३ र लगानी १.१३ बिन्दुले उकालो लागेको छ ।

    कारोवारका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २१ करोड ५२ लाख ९१ हजार ५७ बराबरको कारोवार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु १७ करोड ४६ लाख ४८ हजार ९५५, एनआइसि एशिया बैंक रु १६ करोड ७९ लाख ६४ हजार ५१५, नेपाल पूर्वाधार बैंक रु १३ करोड ९९ लाख २५ हजार २२८ र माथिल्लो तामाकोशी रु १२ करोड ९५ लाख ३६ हजार ९५२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

    नेप्सेका अनुसार गुहेश्वरी मर्चेन्ट बैंक ९.४७, जोशी हाइड्रोपावर ५.७७, घलेम्दी हाइड्रोपावर ५.६६, यूनियन हाइड्रोपावर ५.२८ र मल्टीप्रपोज फाइनान्सका लगानीकर्ताले ५.०९ प्रतिशतले कमाए । उता कर्पोरेट डेभलपमेन्ट बैंक ३.६१, गुडविल फाइनान्सको ऋणपत्र १.९५, सानिमा लार्ज क्याप फन्ड १.९४, नेपाल दूरसञ्चार कम्पनी १.९२ र सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले १.८९ प्रतिशतले गुमाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार