Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १० हजार ५ सयमा कोरोना परीक्षण गर्दा १,८७५ लाई संक्रमण, थप २९ जनाको मृत्यु


    बिहिबार, असार २४ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा १,८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५ सय ४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार मुलुकभरमा ५,३७४ जनाको पिसिआर परीक्षणबाट १,२१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५,१३० जनाको एन्टिजेन परीक्षणबाट ६५७ जनामा पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,२८६ जना संक्रमणमुक्त भएका छन् । 

    यस्तै २९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ ।  योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९,३२० पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार