काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा ४ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाले बढेको हो । यसअघि मंगलबार पनि सुनको मूल्य तोलामा ३ सय रुपैयाले बढेको थियो ।
बुधबार प्रतितोला ९२ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १ हजार ३ सय १० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।