Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारततर्फ जान लागेका चार युवतीको उद्धार


    बिहिबार, असार २४ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सांकेतिक तस्विर

    कञ्चनपुर। भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो ।

    उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम गर्ने भन्दै जान लागेको अवस्थामा फेला पारी उद्धार गरिएको बताउनुभयो ।

    अवैधरूपमा भारत जान लागेका युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई बुझाइएका युवतीलाई घर परिवारको जिम्मा लगाइएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार