Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेतीदोभानमा चट्टानसहितको पहिरो, नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध


    बिहिबार, असार २४ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • फाइल फोटो

    भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने उहाँले बताउनुभयो । बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो ।

    सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन् ।

    पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

    पहिरा खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।

    राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीयवासीले जनाएका छन् । राजमार्गमा माथिबाट पहिरो खसेको छ । राजमार्ग सञ्चालन गर्न बिहानैदेखि डोजर प्रयोग गरिएका छन ।

    ठूला ठूला ढुङ्गासहित राजमार्गमा पहिरो खसेकाले सञ्चालन हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । राजमार्ग अवरुद्ध हँुदा हजाराँै यात्रुसँगै मालबाहक ट्रक शाहुखर्क वरपर रोकिएको प्रहरीले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार