Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीनबाट ‘भेरोसेल’ खोप ल्याउन आजदेखि तीन उडान हुने


    बिहिबार, असार २४ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोनाबिरुद्धको  खोप ‘भेरोसेल’ लिन आज नेपाल वायुसेवा निगमको  जहाज चीन जाने भएको छ । सरकारले चीनसँग कोरोनाविरुद्ध खोप खरिदका लागि गरेको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा ‘भेरोसेल’ खोप लिन बाइडबडी ए ३३० जाहाज आज चीन जाने भएको हो।

    खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको  जहाजबाट आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको छ । जसअनुसार दोस्रो उडान यही असार ३१ गते र तेस्रो उडान आगामी साउन ७ गते हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    चीनस्थित सिनोफार्म कम्पनीले बनाएको भेरोसेल खोप खरिद गरेको सरकारले सरकार–सरकार ९जीटुजी० मार्फत खोप ल्याउन लागेको हो । अब ल्याइने भेरोसेल खोप लगाउँदा ६० वर्षमुनिका नागरिकलाई प्रथामिकता दिइने मन्त्रालयले जानकारी दिएको छ । यस्तै कोभ्याक्स सुविधामार्फत आउने खोप पनि छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ ।

    यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार