Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज असार २४ गते बिहिवारको राशिफल


    बिहिबार, असार २४ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
    आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 

    लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    स्वास्थ्यप्रति सजग रहनु होला । दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

    आज नयाँ र शुभ कार्यको चर्चा चल्नेछ । स्वादिष्ट खानेकुराको परिकार खान पाइनेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

    आज पारिवारिक सहयोगको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरूमा झमेला हुन सक्छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
    परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन लाग्नेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

    आज दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर र नोक्सानी बेहोर्नु पर्ला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

    आज दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर र नोक्सानी बेहोर्नु पर्ला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

    अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 

    धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
    आज ज्ञान र अध्यात्मको भावना जाग्न सक्छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । साझेदारीको काममा सहयोग मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
    आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।
    राशिफल जे जस्तो भएपनि तपाईको दिन शुभ रहोस् ।
    – ज्यो.प. नारायणप्रसाद दुलाल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार