काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ९८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार मुलुकभरमा ७,८३५ जनाको पिसिआर परीक्षणबाट २,०७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४,०६३ जनाको एन्टिजेन परीक्षणबाट ९०२ जनामा पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,३३३ जना संक्रमणमुक्त भएका छन् भने २८ जनाको काेराेनाका कारण ज्यान गएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ७ सय ५६ छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा २ हजार ७ सय ८८ छन्। ५ सय ७१ आइसियू र १६१ भेन्टिलेटरमा उपचाररत् छन् ।