Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अब हिमालय एयरलाइन्सको टिकट अनलाइनबाटै


    बुधबार, असार २३ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ शुरु गरेको छ । ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट एयरलाइन्स्को वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् ।

    प्रारम्भिक चरणमा कनेक्ट आइपिएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवा जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण–पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिनसक्ने कम्पनीले जनाएको छ ।

    एयरलाइन्स्ले सम्बन्धित अन्य सहायक सेवा जस्तै ब्यागेजको पूर्व बुकिङ, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, कार्डबाट भुक्तानी र वेब चेकइनजस्ता नवीनतम सेवा शुरु गर्ने योजना बनाएको जनाएको छ ।

    नयाँ वेबसाइटबारे एयरलाइन्स्का अध्यक्ष जोउ इन्योङ्ले भन्नुभयो, “हाम्रा ग्राहकलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर छौँ ।” त्यस्तै उपाध्यक्ष विजय श्रेष्ठले अनलाइन सेवा कम्पनीको लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै हिमालय सधैंँ आफ्ना ग्राहकसँग नजिकको सम्बन्ध कायम राख्न समर्पित भएको जिकीर गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार