Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?


    बुधबार, असार २३ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले बढेको हो । 

    मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य बढेर तोलाको १ हजार ३ सय २० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार