Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय


    बुधबार, असार २३ २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  सरकारले  आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक लगाइएको निषेधाज्ञाअघिकै अवस्थामा सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ ।

    बुधबार सरकारका प्रवक्ताले उडान खुला भएको बारे थप जानकारी दिने वताइएको छ ।

    सरकारले कोरोना संक्रमणका कारण  भारत–नेपालबाहेक सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि बन्द गर्ने निर्णय गरेको थियो ।अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६९ औं दिनपछि गत बिहीबारदेखि आधा संख्यामा संचालनमा ल्याएको थियो ।

    मन्त्रिपरिषद्‌को निर्णय प्राप्त हुनेबित्तिकै नागरिक उड्डयन प्राधिकरणले आज सूचना निकालेर उडान खुल्ला गर्ने निर्णय गर्नेछ । अमेरिका, बेलायत, बेल्जियम, पोर्चुगल, युएई, साउदी अरब लगायतका मुलुकले नेपाललाई यात्रा प्रतिबन्ध लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार