Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वी नवलपरासीकी २१ बर्षिया बिना सापकोटा आठ दिनदेखि बेपत्ता, प्रेमी पक्राउ


    बुधबार, असार २३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नवलपरासी (पूर्व) । जिल्लाको गैंडाकोट नगरपालिका–४ की एक युवती आठ दिनदेखि बेपत्ता भएकी छिन् ।

    गत असार १४ गतेदेखि गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा बेपत्ता भएको उनको परिवारले जनाएको छ । परिवारको उजुरीका आधारमा प्रहरीले उनको खोजी गरिरहेको छ ।

    प्रहरीले उनका प्रेमी भनिएका चितवनको भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।

    बिनाका बुवा जयेश्वर सापकोटाले छोरीसँग हराएकै दिन तीन पटक कुरा भएको बताएका छन् । भरतपुर–४ यज्ञपुरीका युवक कँडेलसँग उनी प्रेम सम्वन्धमा रहेको बिनाको परिवारले स्वीकार गरेको छ ।

    प्रहरीले घट्नाबारे अनुसन्धान गरिरहेको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए ।

    पछिल्लो समय चितवनमा सुजिता भण्डारी मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको अबस्थामा ८ दिनदेखि बिना सापकोटा बेपत्ता हुनु झनै रहस्यमय बनेको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार