एजेन्सी। जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ४१ लाख ५५ हजार ९३० जना रहेका छन् ।
कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ८४ हजार ६०४ जनाको मृत्यु भएको छ । विश्वभर तीन अर्ब २२ करोड ६८ लाख २६ हजार २७७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्व ३० करोड ५४ लाख ९९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
भारतमा ३५ करोड ७५ लाख ५३ हजार ६१२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३२ करोड ९५ लाख ९७ हजार ६९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा नौ करोड ९७ लाख ९१ हजार ९४४ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । बेलायतमा सात करोड ९७ लाख ४४ हजार १९ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
जर्मनी सात करोड ७३ लाख ३२ हजार २०७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । सो विश्वविद्यालयले जुलाई ५ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
