Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निको हुने भन्दा संक्रमितको संख्या बढी, थप १५ जनाको मृत्यु


    मंगलबार, असार २२ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार कोरोना संक्रमणबाट २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा ७५०३ जनाको पिसिआर परीक्षणबाट १७१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५०८२ जनाको एन्टिजेन परीक्षणबाट ९१६ जनामा पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ८५ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५६५ जना संक्रमणमुक्त भएका छन्। 

    यस्तै, १५ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म ९२६३ जनाको मृत्यु भइसकेको छ।

    अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.६ प्रतिशत छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार