Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कस्तुरीको बिना सहित ४ जना चिनियाँ पक्राउ


    मंगलबार, असार २२ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको ठमेल स्थित ज्याठाबाट प्रहरीले दुर्लभ वन्यजन्तुको अखेटोपहार र जुवा खेल्न प्रयोग गरिने सामग्री सहित ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले गएराती उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झाओ पेनुचेङ्ग, मा जिङ्गबिन, निउ युलियाङ्ग र पेङ्ग हुई छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर चिनियाँलाई सार्वजनिक गरेको छ ।  

    चिनियाँहरूको साथबाट ८ लाख ८९ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए । जुवा खेलाइरहेको अवस्थामा प्रहरीले छापा मारेर उनीहरूलाई पक्रेको थियो ।

    चिनियाँ नागरिकको साथबाट प्रहरीले २० थान कस्तुरीको बिना, बुद्धचित्त माला, बाघको छाला, गाईको छाला, जुवा खेल्न प्रयोग गरिने गोटी र विद्युतीय टेबल बरामद गरेको छ । ज्याठा स्थित जियाङ्गहु खाजान होटेलबाट पक्राउ परेको सो समूह सट्टेबाजीमा संलग्न गिरोह भएको प्रहरीले दाबी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार