Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काम गरिरहेको डोजरमा अज्ञात व्यक्तिद्वारा आगजनी


    मंगलबार, असार २२ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोटी । डोटी जिल्लाको बडीकेदार गाउँपालिकाको देउली-रिसेडी सडकखण्डमा काम गरिरहेको डोजरमा अज्ञात व्यक्तिद्वारा आगजनी आगजनी भएको छ ।

    मिलन कन्ट्रक्सनको बा २ क ८५२१ नम्बरको डोजर सोमवार राती करीव १२ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । डोजर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

    जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी रविन्द्र चन्दका अनुसार डोजर चालक भरतबहादुर बमले डोजर आगजनी भएको खबर गरेपछि इलाका प्रहरी कार्यालय बिपिनगरका प्रहरी निरीक्षक मोहन साउँद नेतृत्वको प्रहरी टोली घटना स्थलमा पुगेको छ ।

    डोजर कसले र किन जलाएको हो केही पत्ता नलागेको र अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार