Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सचिवहरुको फेरबदल हुँदै, ओम्नीकाण्डमा मुछिएका कोइरालाले गृहमन्त्रालय ताके


    मंगलबार, असार २२ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  सरकारले सचिवहरुको सरुवा गर्ने तयारी गरेको छ । १७ महिनाअघि गृहमन्त्रालयको सचिवमा सरुवा भएका महेश्वर न्यौपाने पनि सरुवा हुने भएका छन् । गृहमन्त्रालयमा सचिव हुने आकांक्षा प्रशासनतर्फको क्लष्टरमा पर्ने  सबैले राखेका हुन्छन् । तर मौका कमले मात्रै पाउने गर्दछन् । २०७४ फागुन ३ मा केपी ओली प्रधानमन्त्री नियुक्ति भएपछि अहिलेसम्म अरु मन्त्रालयमा बर्षमा ३ जनासम्म सचिव परिवर्तन भएका छन् । तर गृहमा एक पटक मात्र सचिव परिवर्तन भएको छ । प्रेमकुमार राईको अवकाशपछि महेश्वर न्यौपाने गृहमा आएका हुन् ।

    गृहमन्त्रालयको सचिवको दौडमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लक्ष्मण अर्याल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम राया, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूर्यप्रसाद गौतमले पनि गृहको सचिवमा आकांक्षा राख्दैआएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला पनि गृहसचिवको दौडमा रहेका छन् ।

    कोइराला गतबर्ष कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ओम्नी ग्रुपसँग विवादास्पद खरिदमा मुछिएका थिए । कोइराला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव रहेको बेला ओम्नीबाट अपारदर्शी रुपमा स्वास्थ्य सामग्री खरिद गरिएको थियो । जुन खरिद प्रकरणमा अनियमितता भएको उजुरीमा संघीय संसद्को सार्वजनिक लेखा समितिले छानबिन गरेको थियो । छानबिनका क्रममा कानुन मिचेर अपारदर्शी ढंगले स्वास्थ्य सामग्री खरिद भएको देखिएको ठहर समितिले गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार