काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यबढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको हो ।
सोमबार प्रतितोला ९१ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य बढेर तोलाको १ हजार ३ सय ३० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।