एजेन्सी । दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता कोपा अमेरिका फुटबल अन्तर्गत उपाधिको दाबेदार मानिएको ब्राजिल फाईनलमा प्रवेश गरेका छ ।
सोमबार भएको सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।
ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे । ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो सेमिफाईनलको खेल भोलि बिहान हुनेछ ।