Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र मृतकको संख्या


    सोमबार, असार २१ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ३७ लाख ८४ हजार ९६७ जना रहेका छन् ।

    कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ७७ हजार ६० जनाको मृत्यु भएको छ । विश्वभर तीन अर्ब १९ करोड २४ लाख ७६ हजार २१६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्व २९ करोड ६० लाख ३७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    भारतमा ३५ करोड २८ लाख ९२ हजार ४६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३२ करोड ९५ लाख ८१ हजार ४०० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा नौ करोड ८३ लाख ३० हजार ६२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । बेलायतमा सात करोड ९५ लाख ४३ हजार २३५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

    जर्मनी सात करोड ५७ लाख ८१ हजार ४०४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । सो विश्वविद्यालयले जुलाई ५ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

    Capture.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार