काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा २ सय रपैयाले बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।
आइतबार प्रतितोला ९१ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको १ हजार ३ सय १० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।