Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध, सयौँ सवारी साधन बाटोमै अलपत्र


    सोमबार, असार २१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । लगातरको बर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोले गर्दा गएरातिदेखि फेरि सडक अवरुद्ध भएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सो सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको छ । 

    आइतबार सेतीदोभान पहिरो पन्छाएर गएराति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि केहीबेरमै अबरुद्ध भएको हो । पहिरो खुलाउने प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान थापाले जानकारी दिए ।

    पानी नपरे दुई–तीन घण्टामा खुलाउन सकिने उनले बताए । सडक बन्द हुँदा सो क्षेत्रमा सयौं सवारीसाधन अलपत्र परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार