Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट


    सोमबार, असार २१ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध  सर्वोच्च अदालतमा जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै रिट दर्ता भएको छ ।

    आइतबार तनहुँकी रुपा सुनारले  शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएकी हुन् ।

    रिटमा शिक्षामन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय बबहरमहल, महानगरीय प्रहरी वृत सि‌ंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाइएको छ ।

    थरको कारण देखाउँदै बबरमहलकी घरबेटी सरस्वती प्रधानले सुनारलाई कोठा नदिएपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन् । पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।

    शिक्षामन्त्री श्रेष्ठले प्रधानलाई झन्डावाला गाडीवाला गाडीमा हालेर घरसम्म पुर्‍याएको भन्दै रुपाले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार