Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुख्यमन्त्रीका प्रेस संयोजकमा कोइराला


    सोमबार, असार २१ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका प्रेस संयोजकमा आदर्श समाज दैनिकका सम्पादक भरत कोइराला नियुक्त भएका छन् । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उनलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    दुई दशकअघि अन्नपूर्ण पोष्टदेखि पत्रकारिता शुरु गर्नुभएका कोइरालाले केन्द्रीय डेस्कमा कार्यरत रहनाका साथै २०६५ सालदेखि पोखरामा दि हिमालयन टाइम्स र अन्नपूर्ण पोष्टको ब्युरो चिफ सम्हाल्हेका थिए। 

    विसं २०७२ देखि समाधान दैनिकमा आबद्ध उनले त्यहाँ कार्यकारी सम्पादकको भूमिकामा रहेकामा गत वर्ष पुसदेखि आदर्श समाजमा सम्पादकको जिम्मेवारी सम्हाल्हेका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर कोइराला संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष पनि हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार