Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हट्यो जोरविजोर प्रणाली, के- के खुल्यो के- के बन्द ?


    आइतबार, असार २० २०७८
    580
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ । 

    काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञामा जोर विजोर प्रणाली हटाइ सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन हुने भएकाे हाे ।

    अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिइन्छ। तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिनुपर्नेछ ।

    सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।

    सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ । 

    सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ ।

    यसका साथै पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न पाइनेछ। परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ ।

    निर्माण सामग्री ढुवानी गर्न पनि पाइने भएको छ । बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री गर्न पाइनेछ ।

    हेर्नुस् के-के खुल्यो:
    1.jpg2.jpg

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार