Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संक्रमितभन्दा निको हुने धेरै, थप २७ जनाको मृत्यु


    आइतबार, असार २० २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ छ ।

    त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हाल देशभरका ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार