वाशिङ्टन डिसी । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले अमेरिकी सरकारले कोभिडविरुद्धको लडाइँमा नेपाललाई पुर्याएकाे सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन ।
उनले भने, “सत्तरी वर्ष अगाडि नै अमेरिकीहरू नेपालमा गएर शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आयोजनामा स्वयंसेवी भावले गर्नुभएको सहयोग स्मरणीय छ ।”
शनिबार न्यूयोर्कमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय समितिको दशौँ वार्षिक साधारणसभा तथा पदस्थापन समारोहमा राजदूत खतिवडाले अमेरिका र नेपालबीच राजनीतिक र कूटनीतिक तवरको भन्दा पनि नागरिकस्तरको सम्बन्धसमेत सुदृढ रहेको स्मरण गर्दै नेपाली मूलका अमेरिकी नागरिकलाई त्यसमा थप योगदान गर्न अपिल गरे ।
खतिवडाले गैर आवासीय सङ्घको भावनालाई सम्बोधन गर्दै नेपालको संविधानले आर्थिक,सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरेको बताउनुभयो । ‘एक पटकको नेपाली सधैँका लागि नेपाली’ भन्ने भावनालाई सम्बोधन गर्दै संविधानमा गरिएको व्यवस्थाअनुसार एनआरएनको मुद्दा र अपेक्षलाई ऐनमार्फत सम्बोधन गरिने समेत उहाँको भनाइ थियो ।
खतिवडाले गैर आवासीय सङ्घको भावनालाई सम्बोधन गर्दै नेपालको संविधानले आर्थिक,सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरेको बताए । ‘एक पटकको नेपाली सधैँका लागि नेपाली’ भन्ने भावनालाई सम्बोधन गर्दै संविधानमा गरिएको व्यवस्थाअनुसार एनआरएनको मुद्दा र अपेक्षलाई ऐनमार्फत सम्बोधन गरिने समेत उनको भनाइ थियो ।
कार्यक्रममा मेरिल्याण्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीले अमेरिका अवसरको भूमि भएकाले नेपाली मूलका अमेरिकीहरूलाई सहजपनबाट बाहिर आएर अमेरिकाको मूलधारमा समाहित हुन आग्रह गरे । उनले अमेरिकामा रहेका नेपालीहरूले अझै धेरै काम गर्न बाँकी नै रहेको बताएका थिए ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष सुनिल शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अन्र्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष डाबद्री केसी,उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा,सचिव गौरी जोशी, उत्तर अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, प्रवासी मञ्चका प्रभु थापा, एनआरएन अमेरिकाका संरक्षक डा केशव पौडेल, पूर्वअध्यक्ष खगेन्द्र जिसी, नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेलगायत आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएकाे शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
यसैबीच समितिका नवनिर्वाचित कार्यसमितिले सोही समारोहमा शपथ ग्रहण गरेको छ । एनसिसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको नेतृत्वमा रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त, महिला उपाध्यक्षमा दीक्षा बस्नेत, उपाध्यक्षमा सुमन थापा, सचिवहरूमा अनुप खनाल, सुनिता सापकोटालगायत बोर्ड सदस्य तथा शाखाका अध्यक्ष एवं पदाधिकारीहरूले शपथ ग्रहण गराएका थिए ।