Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप गर्ने तयारी


    आइतबार, असार २० २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राख्ने तयारी गरिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबारसम्म छ । 

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त रूपमा बैठक बसेर निषेधाज्ञाबारे निर्णय गर्ने तयारी गरेका छन्।

    सम्भवत आज बेलुकीसम्म बैठक बस्नेछ । सार्वजनिक यातायात जोर-बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन् । पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ ।

    ललितपुरका प्रमख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आज बेलुकी वा भोलिसम्म बैठक गरेर निर्णयमा पुगिने बताए । 

    गत वैशाखदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार