Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम :चार प्रदेशमा वर्षाको सम्भावना, सर्तक रहन आग्रह


    आइतबार, असार २० २०७८
    670
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।  देशभर आज मनसुनी प्रभाव कायमै रहेको मौसमविदहरुले बताएका छन् । आज बिहान प्रदेश– १, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

    आज  प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेल बताउँछिन् ।

    वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ । दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ ।

    यद्यपि, अघिल्ला दिनहरुको तुलनामा केही कम वर्षा हुने जनाइएको छ । ‘तुलनात्मक रुपमा अघिल्ला दिनहरुभन्दा अबका केही दिन कम वर्षा हुने छ । तर, यसको अर्थ वर्षा नै नहुने भन्ने होइन’, मौसमविद् विभूति पोखरेल भन्छिन्, ‘केही ठाँउमा भने अचानक भारी वर्षा पनि हुने सम्भावना रहन्छ । सामान्य र मध्यम वर्षा भने हुने नै छ ।’

    अघिल्लो हप्ता देशका धेरै स्थानमा अति भारी वर्षा भएको थियो । जसका कारण पहिलो तथा बाढी आएको थियो । पहिरोले जनधनको क्षति पुर्याएको थियो । राजमार्गहरुमा पहिरो जाँदा सवारी आवगाम प्रभावित भएको थियो । अझै कतिपय सडक अबरुद्ध नै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार